सनसिल्कद्वारा ‘दशैं भाइब्स’ प्रतियोगिताका विजेता घोषणा, बन्यो ‘सनसिल्क ग्याङ अफ गर्ल्स’

सनसिल्कद्वारा ‘दशैं भाइब्स’ प्रतियोगिताका विजेता घोषणा, बन्यो ‘सनसिल्क ग्याङ अफ गर्ल्स’

काठमाडौं : युनिलिभरको उत्पादनक सनसिल्कले आफ्नो ‘सनसिल्क दशैं भाइब्स’का तीन विजेताको नाम घोषणा गरेको छ।

बुधबार एक कार्यक्रमका बीच कम्पनीले सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई ‘सनसिल्क दशैं भाइब्स’को विजेता घोषणा गरेको हो।

हरेक बिजेताले एक लाख रूपैयाँसहित अर्को वर्षको उत्पादन हुने सनसिल्कको प्याकमा देखिनेछन्। साथै उनीहरूले ‘सनसिल्क ग्याङ अफ गर्ल्स’को हिस्सा हुने अवसर पाउने कम्पनीले जनाएको छ।

दशैंको समयमा कम्पनीले ल्याएको यो प्रतियोगितामा ४ हजार ४८५ जना सहभागी भएका थिए। टिकटकमा सञ्चालन गरिएको प्रतियोगिताले कुल १७४ मिलियन भ्यूज पाएको कम्पनीले जनाएको छ।

तीन बिजेताले अब कम्पनीका दुई ब्रान्ड एम्बेसडर प्रिन्सी र प्रिज्मा खतिवडासँगै उभिएर ‘सनसिल्क ग्याङ अफ गर्ल्स’मा सहभागी हुनेछन्।

‘सनसिल्क ग्याङ अफ गर्ल्स’ देशभरका धेरै युवतीहरूबीच सौन्दर्य र आत्मविश्वास बढाउनका लागि कम्पनीले ल्याएको थिम हो।

पुष १२, २०८० बिहीबार ०९:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।