रोयल इन्फिल्ड मिटियोर ३५० को तीनवटै मोटरसाइकल नेपालमा, कति पर्छ मूल्य?

रोयल इन्फिल्ड मिटियोर ३५० को तीनवटै मोटरसाइकल नेपालमा, कति पर्छ मूल्य?

काठमाडौं : रोयल इन्फिल्ड मिटियोर३५० सीसीको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नक्सालस्थित शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुभास चन्द्र संघाइ र रोयल इन्फिल्डका नेपाल बजार प्रमुख अभिषेक सुक्लाले मिटयोर फायरबल, मिटियोर स्टेलर र मिटियोर सुपरनोभा संयुक्त रुपमा सार्वजनिक गरे।

मिटियोर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रोनिक फ्युज इन्जेक्सन ईएफआई रहेको छ।

उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०।२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ।

यी सबै मोटरसाइकलहरूमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० कि।मि। माइलेज दिनेछ।

इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, अगाडी १००/९० र पछाडि १४०/७० को चौडा ट्युबलेस टायर छन्।

मिटियोर फायरबल पहेँलो, रातो, निलो र म्याट हरियो रङमा उपलब्ध छन्, मिटियोर स्टेलर कालो, निलो र रातो रंगमा उपलब्ध छन्। यस्तै मिटियोर सुपरनोभा खैरो, निलो र रातो रङमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीले फायरबलको मूल्य पाँच लाख ५० हजार, स्टेलरको मूल्य पाँच लाख ५५ हजार र सुपरनोभाको मूल्य पाँच लाख ६५ हजार रुपैयाँ तोकेको छ। 

पुष १२, २०८० बिहीबार ०८:५५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।