आज देशभर आंशिक बदली

आज देशभर आंशिक बदली

काठमाडौं : देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशभरिको तापक्रम चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन र आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुराेध गरेकाे छ।

पुष १२, २०८० बिहीबार ०७:१६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।