एनएसएल लिग विजेताको पुरस्कार रकम दोब्बर बढ्यो, अब ७० लाख पाउने, उप-विजेतालाई २० लाख
काठमाडौँ : नेपाल सुपर लिग नेशनल सुपर लिग उपाधि विजेतालाई ७० लाख रूपैयाँ पुरस्कार दिने घोषणा भएको छ। लिग आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार दोस्रो सिजनको विजेताको पुरस्कार रकम घोषणा गरेको हो।
पहिलो सँस्करणमा आयोजकले ३५ लाख रूपैयाँ दिएको थियो। आयोजकका अनुसार लिगको उपविजेताले २० लाख रूपैयाँ पुरस्कार पाउने छ।
धनगढी एफसी एनएसएलको फाइनलमा पुगिसकेको छ। बिहीबार पोखरा थन्डर्स र ललितपुर सिटीबीचको खेलबाट फाइनलमा पुग्ने दोस्रो टोलीको चयन हुनेछ।
आयोजकले गरेको घोषणा अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख, शीर्ष गोलकर्ता, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीले जनही १ लाख रूपैयाँ नगद पुरस्कार पाउने छन्।
पुष ११, २०८० बुधबार २१:१६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।