संविधान जोगाउन एमालेभित्रैबाट विद्रोह गरेँ, अहिले पनि प्रतिक्रियावादीहरू सल्बलाउन थालेका छन् : माधव नेपाल
काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशी/विदेशी प्रतिक्रियावादी शक्तिहरूले मुलुकमा षडयन्त्र गरिरहेको बताएका छन्।
बुधबारबाट सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम सुरु गरेको बताए।
संविधान जोगाउन आफूहरूले विगतमा एमाले भित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको नेता नेपालले जिकिर गरे।
राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढाउन समाजवादी मोर्चामा आबद्ध सबै दल एकतावद्ध भएर अघि बढ्न सहमत रहेको उनको दाबी छ।
समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँभित्र मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको भन्दै उनले भने, ‘समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरू एकभएर अघि बढन सहमत छन्।’
पुष ११, २०८० बुधबार १६:१४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।