महिलालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गर्ने श्रीमानसहित ७ विरुद्ध शरीर बन्दक मुद्दा दर्ता

महिलालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गर्ने श्रीमानसहित ७ विरुद्ध शरीर बन्दक मुद्दा दर्ता

काठमाडौं : ‘डिभोर्स’को विषयलाई लिएर श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर निर्घाट कुटपिट गर्ने श्रीमानसहित ७ जना विरुद्ध शरीर बन्दक मुद्दा दर्ता भएको छ।

सिन्धुलीको कमलामाई नगरपालिकाकी शारदा थापालाई बन्धक बनाई कुटपिट गर्नेमाथि शारदाका श्रीमान् सन्तोष थापासहित ७ जनालाई मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको हो।

सोही आरोपमा पक्राउ परेका सन्तोषसहित कमलामाई–४ का बहादुर खड्का, मीलन देवकोटा, निकेश ढकाल, विष्णुकुमार ढकाल, इश्वर पोखरेल र विरविक्रम ढकालमाथि बन्दक मुद्दा दर्ता भएको सिन्धुलीका डीएसपी चिरन्जीवी दाहालले जानकारी दिए।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पुष ११, २०८० बुधबार १५:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।