कारमा मृत भेटिए ओस्कार विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता ली

कारमा मृत भेटिए ओस्कार विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता ली

एजेन्सी : ओस्कार अवार्ड विजेता फिल्म ‘प्यारासाइट’मा अभिनय गरेका दक्षिण कोरियाली अभिनेता ली सेओन-क्युङ मृत फेला परेका छन्।

४८ वर्षीय अभिनेता मध्य सियोलको एउटा पार्क नजिकै पार्किङ गरिएको कारमा बुधबार अचेत अवस्थामा फेला परेका थिए।

लीले आत्महत्या गरेको हो वा होइन भन्नेबारे अझै स्पष्ट नभइसकेको स्थानीय समाचार एजेन्सी योनहापले जनाएको छ। यद्यपि उनले घरबाट एउटा नोट छाडेर निस्किएको समाचारमा उल्लेख छ।

अक्टोबरदेखि लागुऔषध सेवन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो। सियोलको एक बारका कर्मचारीबाट लागुऔषध किनेको अभियोग उनलाई लगाइएको थियो।

तर ड्रग टेस्टको तनिजा नेगेटिभ आएको थियो।यस घटनाको अनुसन्धानको धेरै चर्चासमेत भएको थियो। यसले लीको करियरमा समेत प्रभाव पारेको थियो।

लीको अभिनय करियर २० वर्षसम्म चल्यो। अभिनेत्री येओन हे-इनसँग विवाह गरेका उनका दुई छोरा छन्।

पुष ११, २०८० बुधबार १३:३४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।