सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने सरकारको दोहोरो चरित्र सह्य हुँदैन : विप्लव

सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने सरकारको दोहोरो चरित्र सह्य हुँदैन : विप्लव
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द  ‘विप्लव’ले सरकारले आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका छन्।

उनले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरू भएको बताए।

विप्लवलाई अदालतबाट पक्राउ पूर्जी जारी गरिएको छ। उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए।

नेता विप्लवले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा नै बस्ने बताए। उनका अनुसार बैंककमा अदालतको पक्राउ पूर्जीबारे पनि छलफल हुनेछ।

पुष ११, २०८० बुधबार १२:३६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।