समाजवादी मोर्चाले संघीयता, लोकतन्त्र र धर्म निरपेक्षताका भ्रमहरू चिर्न कार्यक्रम गर्ने

समाजवादी मोर्चाले संघीयता, लोकतन्त्र र धर्म निरपेक्षताका भ्रमहरू चिर्न कार्यक्रम गर्ने

काठमाडौं : समाजवादी मोर्चाले नेपालले संघीयता, लोकतन्त्र र धर्म निरपेक्षताका विषयमा उठेका भ्रमहरूलाई चिर्न देशको प्रमुख शहरहरूमा कार्यक्रम गर्ने भएको छ।

आज बालुवाटारमा बसेको बैठकले मोर्चाले सातै प्रदेशमा गरेका भेलाहरू उत्साहपूर्वक रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

बैठकमा मार्चाकै घटक नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता विरुद्ध जारी भएको पक्राउ पूर्जीबारे समेत छलफल भएको छ। बैठकमा विप्लवले सरकारको यो कदमको विरोध गरेका छन्।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै विप्लवले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप लगाए।

उनका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक बस्नेछ। सो बैठकले पक्राउ पुर्जीसहित थप राजनीतिक विषयमा निर्णय गर्ने छ।

बैठकमा समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको सहभागिता थियो।

गत असार ४ गते माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूले समाजवादी मोर्चा गठन गरेका थिए।

पुष ११, २०८० बुधबार १२:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।