एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट
फाइल तस्बिर

काठमाडौं : एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरू हुँदैछ।

शुक्रबारसम्म चल्ने बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सुरू हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुनेछ।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने खतिवडाले बताए।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापना गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने उनले जानकारी दिए।

अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।

विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ।

पुष ११, २०८० बुधबार ०७:२४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।