दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट

एजेन्सी : नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट भएको छ।
इजरायली दूतावासका प्रवक्ताले दिल्ली प्रहरी र सुरक्षा टोलीले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन्।
दूतावास नजिकै भएको विष्फोटको कारणबारे अनुसन्धान गर्न इजरायली अधिकारीहरूले भारतीय समकक्षीसँग सहकार्य गरिरहेको इजरायली विदेश मन्त्रालयले जनाएको छ।
विष्फोटबाट आफ्नो कुनै पनि कर्मचारीलाई क्षति नभएको मन्त्रालयले जनाएको छ।
यसैबीच, समाचार एजेन्सी पीटीआईले दूतावास नजिकैको केन्द्रीय हिन्दी प्रशिक्षण संस्थानका सुरक्षा गार्डसँग कुरा गरेको छ।
ती सुरक्षा गार्डले पीटीआईसँग भने- ‘साँझ ५ बजेतिर विस्फोटको आवाज सुनेपछि बाहिर निस्कँदा रुखको छेउमा धुवाँ उडिरहेको देखिएको थियो।’
पुष ११, २०८० बुधबार ०७:१५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।