तीन प्रदेशमा हिमपातको सम्भावना, चिसोबाट बच्न महाशाखाको अनुरोध

तीन प्रदेशमा हिमपातको सम्भावना, चिसोबाट बच्न महाशाखाको अनुरोध

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली अहिले छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।

पुष ११, २०८० बुधबार ०६:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।