उद्योगको लाइन काट्न नहुने अर्थमन्त्रीको तर्क, भन्छन्- प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्छ

उद्योगको लाइन काट्न नहुने अर्थमन्त्रीको तर्क, भन्छन्- प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्छ

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान अवस्थामा उद्योगको लाइन काट्न नहुने संकेत गर्दै विद्युत प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन्।

उद्योग व्यवसाय र समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

उनले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

सञ्चारकर्मीसँग चितवनमा कुरा गर्दै उनले भने, ‘लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइन बारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत प्राधिकरणले पुनः विचार गर्नुपर्छ।’

अर्थमन्त्री महतले सरकारले अप्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनुपर्ने बताए।

पुष १०, २०८० मंगलबार १६:४४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।