आठ केजी गाँजासहित भारतमा समातिएका एक नेपाली प्रहरी नियन्त्रणबाटै भागे

एजेन्सी : भारतमा गाँजा तस्करीको आरोपमा पक्राउ परेका दुई नेपालीमध्ये एक जना भागेका छन्। बिहार प्रहरीले करिब आठ किलो गाँजासहित पर्साका सुदर्शन साह र लालबाबु ठाकुरलाई पक्राउ गरेको थियो।
अदालत लैजानेक्रममा सुदर्शन साह फरार भएका हुन्। उनी फरार भएपछि चम्पारणका दुई जना प्रहरी निलम्बनमा परेका छन्।
दुवै जनालाई अदालत लैजानेक्रममा भागेका थिए। भागेकामध्ये लालबाबु भने फेला परे पनि साह भने भाग्न सफल भए। बिहार प्रहरीले अस्काम अन्सारी र हरिकृष्ण सिंह यादवलाई निलम्बन गरेर अनुसन्धान गरिरहेको छ।
पुष १०, २०८० मंगलबार १५:५३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।