युक्रेनी आक्रमणबाट ब्ल्याक सीमा रहेको युद्धपोत ध्वस्त भएको रुसको पुष्टि

युक्रेनी आक्रमणबाट ब्ल्याक सीमा रहेको युद्धपोत ध्वस्त भएको रुसको पुष्टि

एजेन्सी : रुसले ब्ल्याक सीमा रहेको आफ्नो एउटा युद्धपोतलाई युक्रेनले आक्रमण गरी ध्वस्त पारेको पुष्टि गरेको छ।

रुसको कब्जामा रहेको क्रिमियाको फियोडोसिया बन्दरगाहमा सोमबार राति यो आक्रमण गरिएको हो।

रुसी रक्षा मन्त्रालयले ठूलो अवतरण जहाज नोवोचेरकास्कमाथि युक्रेनले हवाई आक्रमण गरेको बताएको छ।

क्रिमियाका रुसद्वारा नियुक्त गरेको गभर्नर सर्गेई अक्स्योनोभका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ।

आक्रमणबाट छ वटा भवनमा क्षति पुगेको र केही मानिसहरूलाई अस्थायी आवास केन्द्रमा लैजानुपरेको थियो।

आक्रमणका कारण लागेको आगो निभाएपछि त्यस क्षेत्रलाई घेराबन्दी गरेर बन्दरगाहलाई सामान्य रूपमा सञ्चालन थालिसकिएको ती गभर्नरले बताए।

यसअघि युक्रेनी वायुसेनाका प्रमुखले आफ्ना लडाकु विमानहरूले जहाजलाई ध्वस्त पारेको बताएका थिए।

अन्तर्राष्ट्रिय समुदायले क्रिमियालाई युक्रेनको भागको रूपमा मान्यता दिए पनि सन् २०१४ देखि यो रुसको कब्जामा छ।
 

पुष १०, २०८० मंगलबार १४:२८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।