हिमाचलका मुख्यमन्त्रीले भने- ‘धेरै मातेका पर्यटकलाई जेल होइन, होटल लगेर सुताउने हो’

हिमाचलका मुख्यमन्त्रीले भने- ‘धेरै मातेका पर्यटकलाई जेल होइन, होटल लगेर सुताउने हो’

एजेन्सी : भारतको हिमाचल प्रदेशका मुख्यमन्त्रीले सुखविन्दर सिंहले पर्यटकरूलाई जेल नहाल्न प्रहरीलाई निर्देशन दिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले मातहतका प्रदेश प्रहरीलाई रक्सीले मातेका पर्यटकलाई जेल नहालेर होटलमा सुताउन निर्देशन दिएको बताएका हुन्। उनको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उनले आफ्नो सामाजिक सञ्जालमा पोस्टमा भनेका छन्, ‘मैले प्रहरीलाई पनि भनेको छु, यदि कोही पर्यटक धेरै मातियो भने उसलाई जेलमा नहाल्नुस्, उसलाई उसको होटलमा लगेर सुताउने हो।’

आफूले यो कुरा पर्यटकको लागि भनेको र हिमाञ्चलका मानिसका लागि यो भनाइ लागू नहुने समेत स्पष्ट पारे।

क्रिसमसदेखि नयाँ वर्षसम्म हिमाचल प्रदेशको कुल्लु र मनालीमा पर्यटकको भीड लाग्ने गर्छ। त्यहाँका होटल र रेस्टुरेन्टमा बाक्लो संख्यामा आन्तरिक पर्यटक पुग्ने गर्छन्।

अहिले पनि कुल्लु र मनालीमा गाडीको ताँती लाग्न सुरू भइसकेको छ। कुल्लुको प्रहरी प्रशासनका अनुसार २३ तारिखमा त्यहाँ १४ हजार, २४ डिसेम्बरमा १५ हजार र २५ डिसेम्बरमा १७ हजार गाडी त्यहाँ प्रवेश गरेका छन्।

प्रहरीले यो गाडीको संख्या भन्दै पर्यटक योभन्दा बढी भएको जानकारी गराएको छ।

पुष १०, २०८० मंगलबार १३:३२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।