जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजेका लागि बोलाइएको छ।

आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरू हुने केन्द्रीय समितिको बैठकको तयारीका लागि बैठक बस्न लागेको हो।

बैठकमा पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गरिने र पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ।

जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ।

पुष १०, २०८० मंगलबार ०८:५७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।