तुलसालाई विभेद गरेको आरोपी स्वास्थ्य चौकीका इन्चार्ज सुरज पक्राउ

सुर्खेत : मुगुको सोरु गाउँपालिका-९ स्थित खनया स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही जातीय विभेदको आरोपमा पक्राउ परेका छन्।
स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
सुरजविरुद्ध पीडित तुलसाले आइतबार प्रहरीमा जाहेरी दिएकी थिइन्। उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
पीडित तुलसाले सुरजले आमा झ्यापुको पक्ष लिई डेरा छोड्न दावाव दिएको, जातीय आधारमा स्वास्थ्य चौकीको क्वाटरमा बस्न नदिएको जाहेरीमा दाबी छ।
जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झ्यापु र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई प्रहरीले आइतबार नै पक्राउ गरिसकेको छ।
घटना बाहिर आएपछि समेत इन्चार्ज शाहीले सामाजिक सञ्जाल फेसबुकमा जातीय विभेद हुने पोस्ट गरेका थिए।
पुष ९, २०८० सोमबार २२:४३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।