लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ : उपसभामुख

लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ : उपसभामुख

काठमाडौं : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशमा लोकतन्त्र आउनुमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन्।

आज नेपाल पत्रकार महासंघ झापाको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि पत्रकारले भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने बताइन्।

‘हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरूलाई अघि बढ्न म आग्रह गर्दछु’, उनले भनिन्, ‘लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्त्वपूर्ण छ।’

विकसित मुलुकमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरूले खेलेको भूमिका महत्त्वपूर्ण हुने उपसभामुख राना मगरको भनाइ थियो। उनले कानुन मात्र बनाएर सुशासन नआउने भन्दै सोको कार्यान्वयनको पक्ष मजबुत हुनुपर्ने उल्लेख गरिन्।

पुष ९, २०८० सोमबार १७:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।