१७ वर्षपछि फेरि ठडियो पोखरामा पूर्वराजा वीरेन्द्रको सालिक

१७ वर्षपछि फेरि ठडियो पोखरामा पूर्वराजा वीरेन्द्रको सालिक

काठमाडौं : पोखरामा पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ।

पोखरा महानगरपालिका-१० वीरेन्द्र चोकमा गए राती २ बजे पूर्वराजा वीरेन्द्रको सालिक राखिएको हो।

वडा प्रहरी कार्यालय राम बजारका अनुसार २ युवाले गए राती उक्त ठाउँमा सालिक राखेका हुन्।

‘पहिला पनि त्यो ठाउँ राजा वीरेन्द्र कै सालिक रहेछ। अहिले ठाउँ खाली थियो। त्यहाँ गए राती २ युवाले सालिक लिएर राखेका रहेछन्,’ वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक विनोद श्रेष्ठले भने, ‘हालसम्म कतैबाट उजुरी आएको छैन। वडाध्यक्ष ज्यूसँग पनि बुझेको थिए। अहिलेसम्म त्यस्तो केही छैन।’

उक्त ठाउँमा २०६२/६३ अघि पूर्वराजा वीरेन्द्रको सालिक थियो। २०६२/०६३ को जनआन्दोलनको बेला माओवादी कार्यकर्ताले पूर्वराजा वीरेन्द्रको सालिक हटाएका थिए।

पुष ९, २०८० सोमबार १५:५७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।