मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि बसमा आगजनी

मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि बसमा आगजनी

काठमाडौं : बसले मोटरसाइकललाई ठक्कर दिएर दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।

वीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-३, बोहोरेटारमा भएको दुर्घटनामा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षे सुसन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ।

रामेछापको मन्थलीबाट काठमाडौं आउँदै गरेको बा प्र ०१-००६ ख ४५९३ नम्बरको अरनिको बसले विपरीत दिशाबाट गएकाे बा ६० प ३५४५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।

चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ।

पुष ९, २०८० सोमबार १४:०६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।