‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता’ रुबी कर्ण पहिलो
जककपुरधाम : शौर्य मिथिला लोक चित्रकला प्रतियोगितामा सप्तरीकी रुबी कर्णले पहिलो भएकी छन्।
शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा जनकपुरमा भएको मिथिला लोक चित्रकला प्रतियोगितामा कर्ण पहिलो भएकी हुन्।
उपाधिसँगै उनलाई आयोजकले नगद ७५ हजार रुपैयाँले सम्मान गरेको छ।
प्रतियोगितामा महोत्तरीकी नेहा कुमारी दोस्रो र धनुषाकी बिना कर्ण तेस्रो भइन्। उनीहरू क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए।
प्रतियोगितामा सहभागी बाँकी १२ जनालाई नगद ११ हजार रुपैयाँसहित आयोजकले सम्मान पत्र प्रदान गरेको छ।
तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए।
पुष ९, २०८० सोमबार १३:३६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।