आफ्नै विद्यालयकी छात्रामाथि बलात्कार गरेको आरोपमा २ शिक्षक पक्राउ

आफ्नै विद्यालयकी छात्रामाथि बलात्कार गरेको आरोपमा २ शिक्षक पक्राउ

काठमाडौं : आफ्नै विद्यालयकी छात्रामाथि जबर्जस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुवै शिक्षकलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

पाँचखाल नगरपालिका-६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरू पक्राउ परेका हुन्।

प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले विद्यालय अनुगमन गर्ने क्रममा सो घटनाको रहस्य खुलेको हो। विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देशसमेत पठाएको खुलेको छ।

करिब २ महिना अगाडि घटेको घटना बाहिरिएसँगै मेयरले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका थिए।

पुष ९, २०८० सोमबार १२:२४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।