काभ्रेमा मध्यराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

काभ्रेमा मध्यराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

काठमाडौं  : काभ्रेको पनौतीमा मध्यरात स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पनौती नगरपालिका-१ बुढापोखरीमा मध्यराति १२ बजे भएको दुर्घटनामा सोही स्थानका ४५ वर्षीय मंगलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

बुढापोखरीबाट पर्खालचौर जाँदै गरेको बा ४१ प २५३२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५/२० फिट तल खसेको थियो।

स्कुटरको पछाडि सवार सोही ठाउँ बस्ने ३० वर्षीय कुमार श्रेष्ठ गम्भीर घाईते भएर शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।

पुष ९, २०८० सोमबार ११:०५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।