मध्य गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

मध्य गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

एजेन्सी : मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यस क्षेत्रमा धेरै मानिसहरू बसोबास गर्ने भएकाले मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरेको छ।

सार्वजनिक भएको फुटेजमा धेरै बालबालिकाको शव रगतले लतपतिएको देखिन्छ।

आक्रमणमा परेर घाइते भएका दर्जनौं मानिसलाई माघाजी नजिकै रहेको अल-अक्सा अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राले जानकारी दिए।

उनका अनुसार आइतबार राति भएको आक्रमणबाट तीन आवासीय ब्ल्क घर ध्वस्त भएका छन्।

इजरायली र अरब मिडियाका अनुसार इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि नयाँ प्रस्ताव गरेको छ।

पुष ९, २०८० सोमबार १०:३६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।