१०६ वर्षपछि २५ डिसेम्बरमा क्रिसमस मनाउँदै युक्रेनका इसाई

१०६ वर्षपछि २५ डिसेम्बरमा क्रिसमस मनाउँदै युक्रेनका इसाई

एजेन्सी : युक्रेनका इसाईहरूले १०६ वर्षछपछि पहिलो पटक २५ डिसेम्बरमा क्रिसमस मनाउँदैछन्।

यसअघि उनीहरूले ७ जनवरीमा क्रिसमस डे मनाउँदै आएका थिए। तर यसपटक भने उनीहरूले पहिलोपटक यस्तो निर्णय गरेर क्रिसमस मनाउन लागेका हुन्।

रुसले ७ अक्टोबरमा क्रिसमस डे मनाउने भएपछि युक्रेनका इसाईहरूले २५ डिसेम्बरमै क्रिसमस मनाउन लागेका हुन्।

युक्रेन र रूस दुवै देशमा जुलियन क्यालेन्डर प्रयोग गरिन्छ। उक्त क्यालेन्डरमा क्रिसमस डे ७ जनवरीमा पर्छ।

विश्वका अधिकांश देशहरूले भने जुलियन क्यालेन्डर प्रयोग नगरी ग्रेगोरियन क्यालेन्डर प्रयोग गर्छन्।

पछिल्लो २२ महिनादेखि रुसको आक्रमणसँग लडिरहेको युक्रेनले क्रिसमसको सम्बन्धमा रुसभन्दा फरक बाटो रोजेर यो निर्णय गरेको हो।

यसअनुसार युक्रेनले अबदेखि ग्रेगोरियन क्यालेन्डरअनुसार क्रिसमस मनाउने भएको छ। पश्चिमी देशहरूले पनि ग्रेगोरियन क्यालेन्डरअनुसार २५ डिसेम्बरमा क्रिसमस मनाउँछन्।

सन् १९१७ मा रुसी क्रान्तिअघिसम्म युक्रेनले २५ डिसेम्बरमै क्रिसमस मनाउने गर्थ्यो।

डिसेम्बर २५ मा क्रिसमस मनाउनु चाडपर्वको दिनमा मात्र परिवर्तन नभइ युक्रेनले रूसको प्रभाव अन्त्य गर्न चालेको सांस्कृतिक परिवर्तनको एउटा हिस्सा समेत हो।

युक्रेनले पश्चिमी ग्रेगोरियन क्यालेन्डरको प्रयोग थालेर आफूलाई युरोपसँग नजिक ल्याउने प्रयास गरिएको बहस समेत हुन थालेको छ।

पुष ९, २०८० सोमबार ०९:३३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।