थाइ एयरवेजद्वारा ८० थान ग्राउण्ड ह्याडलिङ उपकरण नेपाल एयरलाइन्सलाई हस्तान्तरण

थाइ एयरवेजद्वारा ८० थान ग्राउण्ड ह्याडलिङ उपकरण नेपाल एयरलाइन्सलाई हस्तान्तरण

काठमाडौं : थाइ एयरवेजले नेपाल एयरलाइन्सलाई दिएको ८० थान ग्राउण्ड ह्याडलिङ उपकरणको स्वामित्व हस्तान्तरण सम्झौता भएको छ।

गत साउन ३ गते बसेको मन्त्रिपरिषद्को स्वीकृति बमोजिम नेपाल एयरलाइन्सको नाममा स्वामित्व हुने गरी मंसिर ३० गते हस्तान्तरण सम्झौता भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

सम्झौतामा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाइ एयरवेजको तर्फबाट वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका थिए।

प्रवक्ता पौडेलका अनुसार थाइ एयरवेजसँग कात्तिक १२ गते नै सम्झौता भई नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याडलिङ्ग भने गर्दै आएको थियो। त्यसअघि उसले आफ्नो जहाजको ग्राउन्ड ह्यान्डलिङ्ग आफैँ गर्दै आएको थियो।

निगमको ग्राउण्ड ह्याडलिङ सेवालाई थाइ सरकार तथा राष्ट्रिय ध्वजावाहक थाइ एयरवेजले गरेको विश्वास प्रति निगमले आभारसमेत व्यक्त गरेको छ।

पुष ९, २०८० सोमबार ०९:१०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।