सोनामको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट

सोनामको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट

काठमाडौं : चर्चित साथै उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले मंसिर २८ गतेदेखि पुस १५ गतेसम्म विन्टर सेल अफर सञ्चालनमा ल्याएको छ।

कम्पनीले व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा ७० प्रतिशतसम्म छुट दिने गरी अफर सञ्चालनमा ल्याएको हो।

महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन सोनामले उत्पादन गर्दै आएको छ।

काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल र छायाँ सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोकमा अफर सञ्चालनमा रहेको छ।

यस्तै, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा रहेका सोरुममार्फत पनि अफरको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ। 

पुष ९, २०८० सोमबार ०८:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।