आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
सांकेतिक तस्बिर

काठमाडौं : देशका विभिन्न भू-भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

पुष ९, २०८० सोमबार ०७:११:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।