अनमी तुलसा विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा घरबेटी पक्राउ

अनमी तुलसा विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा घरबेटी पक्राउ

काठमाडौं : मुगुमा स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विश्वकर्मामाथि जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार पक्राउ परेका दुबै जना विरूद्व आजै जाहेरी दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुमा तुलसाले आफूमाथि जातीय छुवाछुत तथा भेदभाव भएको भन्दै ३ जना विरूद्व जाहेरी दिएकी छिन्।

उनले सोरु गाउँपालिका– ९ खनयााँस्थित घरभेटी (काेठा भाडाकी मालिक) ५४ वर्षीया झापु शाही र सोही गाउँपालिका– ६ स्थित सोरुकोटमा किराना पसल गर्ने ५१ वर्षीय धनप्रसाद भट्टविरुद्ध जाहेरी दिइएकी छिन्।

जातीय छुवाछुत तथा भेदभावको जाहेरीमा उल्लेख एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

वर्ष दिनअघि सोरु गाउँपालिका–९ खनयाँस्थित स्वास्थ्य चौकीमा अनमीमा नियुक्त भएकी तलसामाथि त्यहाँ गएदेखि नै जातीय विभेद हुँदै आएको थियो। उनले हप्ता दिनअघि यो घटना बाहिरिएपछि पहिलेदेखि नै जातीय विभेद भएकाे र सहँदै आएको बताएकी थिइन्।

पुष ८, २०८० आइतबार १८:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।