गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ, दलहरूले सुदृढीकरण गर्नुपर्छ : देउवा

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ, दलहरूले सुदृढीकरण गर्नुपर्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेकाले गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन्।

इतिहास फर्कन गाह्रो रहेको उल्लेख गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति दलहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले आफूले नख्खु जेलमा हुँदा पहिलोपटक किसुनजीलाई भेटेको स्मरण गरे।

‘कहिले पनि हरेस नखाएको मानिस। कहिले पनि चिन्ता नगरेको व्यक्ति। उहाँ माथि कुनै दाग लाग्न सक्दैन,’ देउवाले भने।

पुष ८, २०८० आइतबार १६:३४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।