देशमा युवाहरू नभएपछि अरू के गरेर बस्ने? : ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन्।
आज झुलाघाट–चिवाभञ्याङ यात्राबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले युवाहरूलाई देशमै बस्ने वातावरण बनाउनु चुनौती रहेको बताए।
‘सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने’, ओलीले भने, ‘युवाहरू नभएपछि अरू के गरेर बस्ने त्यहाँ? खेती नभएपछि बन भइहाल्छ।’
उनले पार्टीका सभामा पनि युवाहरूको उपस्थिति ४० प्रतिशत मात्रै देखिएको बताए। ‘हाम्रा सभाहरूमा पनि युवाहरूको संख्या ४० प्रतिशत हो कि जस्तो। युवाहरू कमै देखिने,’ उनले भने।
उनले मध्य पहाडमा विकास, बाटो, खानेपानी पनि पुर्याइए पनि बसाइँसराइ भइरहेको बताए।
मध्य पहाडमा अहिले भइरहेको गतिविधि रोक्न नसके देशको भविष्य नै अप्ठ्यारोमा पर्ने बताए। ‘बसाइँ सर्दै जाने, त्यहाँको कारोबार कम हुँदै जाने हो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने देखिन्छ,’ उनले भने।
पुष ८, २०८० आइतबार १५:११:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।