तक्मे बुढाको फिल्म ‘लाहुरे एण्ड दाउरे’ मा बुद्धि र दया अनुबन्धित

तक्मे बुढाको फिल्म ‘लाहुरे एण्ड दाउरे’ मा बुद्धि र दया अनुबन्धित

काठमाडौं : हास्यकलाकार विल्सनविक्रम राई (तक्मे बुढा)ले फिल्म चलचित्र ‘लाहुरे एण्ड दाउरे’ निर्माणको घोषणा गरेका छन्।

उनले दयाहाङ राई, बुद्धि तामाङ र आफ्नै मुख्य भूमिका राखेर फिल्म निर्माण गर्न लागेका हुन्।

चलचित्रको लागि विल्सनले बुद्धि र दयाहाङसँग आइतबार लिखित सहमति गरेका हुन्।

उकेरासँगको कुराकानीमा अहिलेसम्म फिल्मका लागि आफू सहित दुईजना कलाकार फाइनल गरेको र अन्य कलाकारसँग पनि कुराकानी भइरहेको बताए। उनले भने, ‘अहिले दया दाई, बुद्धिलाई फिल्मका लागि फाइनल गरेका छौँ। अरू कलाकारसँग कुराकानी भइरहेको छ। यस बारेमा छिट्टै जानकारी दिनेछौँ।’

फिल्मका लागि अभिनेत्रीको को हुन्छन् नि भन्ने प्रश्नमा अहिले मिरुना मगर लगायत केही कलाकारसँग कुरा भइरहेको बताए।

‘मिरुना सहित केही अभिनेत्रीसँग कुराकानी गरिरहेका छौँ’, उनले भने, ‘अहिले फाइनल हुनु भएको छैन।’

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले बनाउन लागेको फिल्ममा कमेडी र लभस्टोरीलाई दर्शकले हेर्न पाउने छन्। विल्सनकै लेखन तथा निर्देशन रहने फिल्मको छायांकन इलाम, पाँचथर लगायत पुर्वको विभिन्न ठाउँमा हुनेछ।

फिल्मको लगानी सरिना लामाले गर्दैछिन् भने फिल्मको छायांकन र प्रदर्शन २०८१ सालमा गर्ने योजना रहेको निर्देशक विल्सनले बताए।

यो फिल्मको संगीत गर्ने जिम्मा अनमोल गुरुङले पाएका छन्। हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा तक्मे बुढाको क्यारेक्टरमार्फत चर्चामा आएका विल्सनविक्रम राईले थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।

पुष ८, २०८० आइतबार १४:२३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।