स्थापनादेखि नै केही सञ्चारमाध्यम रास्वपाविरूद्व खनिएका छन्, पोखराको घट्नाबारे भ्रमपूर्ण प्रचार गरियो : रास्वपा

स्थापनादेखि नै केही सञ्चारमाध्यम रास्वपाविरूद्व खनिएका छन्, पोखराको घट्नाबारे भ्रमपूर्ण प्रचार गरियो : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाकाल देखि नै केही सञ्चारमाध्यमहरूले प्रतिसोध साँधेर आफूहरू विरूद्व खनिएको बताएको छ।

पुस ७ गते पोखराको अमरसिंह चोकमा भएको सभामा मन्तव्य दिँदै गर्दा सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार घटनामा केही सञ्चारमाध्यमले ‘अन्त्यन्तै निकृष्ट’ रूपमा प्रचार गरेको महामन्त्री डा. मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

सभापति लामिछानेलाई मकैको खोयाले आक्रमण गरेको आरोपमा ३७ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

‘तथ्यलाई पूरै बेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर प्रवाह गरिएका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘सार्वजनिक व्यक्ति भएकाले नेता विशेषको आलोचना वा तिनकाप्रति जनप्रतिक्रिया आउनु स्वाभाविक हो। यद्यपि पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन। यसबारे न प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन्। सभापति लामिछानेसँग त झनै सोधिएको छैन। आधिकारिक स्रोतले केही जानकारी नदिँदा-नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुराशयका साथ प्रेषित गरिएका समाचारहरूप्रति खेद व्यक्त गर्दछौं।’

यस्तो छ विज्ञप्ति :

पुष ८, २०८० आइतबार १४:०७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।