टिआरसीबारे छलफलको लागि तीन शीर्ष नेता बालुवाटारमा

टिआरसीबारे छलफलको लागि तीन शीर्ष नेता बालुवाटारमा

काठमाडौं : बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको हो।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्याय ( टिआरसी )को विषयमा केन्द्रित रहेको बताइएको छ।

भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्।

पुष ८, २०८० आइतबार ११:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।