वीरगञ्जबाट एक वर्षमा २६० जनाको उद्धार

वीरगञ्जबाट एक वर्षमा २६० जनाको उद्धार

काठमाडौं : माइती नेपालले वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा २ सय ५७ महिला र ३ पुरूष गरि दुई सय ६० जनाको उद्धार गरेको छ।

उक्त अवधिमा उद्धार गरिएका मध्ये धेरैजसो मधेश प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन्।

संस्थाको संरक्षणमा रहेका मध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन्।

वीरगञ्जस्थित सीमा नाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरील गायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रियता उद्वारका कार्यहरू हुँदै आइरहेका छन्।

पुष ८, २०८० आइतबार १०:३३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।