रोज राणा लुम्बिनीको पर्यटन मन्त्री बन्दै
बुटवल : रोज राणाको रूपमा परिचित सरोज थापा लुम्बिनीको पर्यटनमन्त्री बन्ने भएका छन्। चलचित्र निर्माण र रात्रिकालीन व्यवसायमा बदनाम भएका उनी पछि राजनीतिमा सक्रिय भएका थिए।
प्युठानबाट प्रदेश सांसद भएका उनी राजीनामा भने सरोज थापाको रूपमा परिचित छन्। फिल्म निर्माताहुँदा कलाकार अपहरण गर्ने आरोपदेखि रात्रिकालिन व्यवसायमा सक्रिय रहँदा गुण्डागर्दीदेखि मानव वेचविखनसम्मको गम्भीर अभियोग लागेका राणा ६ महिना केन्द्रीय कारागारमै पुगेका थिए।
थापासँगै आइतबार माओवादीका सांसद कृष्णा केसी समेत मन्त्री बन्दैछन्।
जानकारस्रोतका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिवार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाइसकेका छन्। थापा कांग्रेसभित्र संस्थापन, त्यसमा पनि आरजु राणा निकट रूपमा परिचित छन्।
आइतबार थापाले पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदैछन् भने केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री बन्दैछन्। केसी बाँकेका प्रदेश सांसद हुन्।
पुष ७, २०८० शनिबार २१:५६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।