प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानुन नल्याए सिंहदरबार घेर्ने विश्वप्रकाश शर्माको चेतावनी

प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानुन नल्याए सिंहदरबार घेर्ने विश्वप्रकाश शर्माको चेतावनी
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा पार्टीको बाग्मती प्रदेशको पहिलो सम्मेलनमा उनले यस्तो बताएका हुन्।

कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको उनले उल्लेख गरे। प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह उनले आग्रह गरे।

उनले नेपालमा अहिले राजनीतिक संकट नभएकोमा जिकिर गर्दै उनले प्रश्न गरे, ‘देशमा हिंसात्मक विद्रोह हुँदा समाधान दिने काँग्रेस अनि अहिले सानोतिनो समस्या आयो भन्दै पन्छिन मिल्छ?’

पुष ७, २०८० शनिबार १५:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।