गाजामा थप सहायता पठाउने प्रस्ताव संयुक्त राष्ट्रसंघद्वारा पारित, युद्धविराम बारे मौन

गाजामा थप सहायता पठाउने प्रस्ताव संयुक्त राष्ट्रसंघद्वारा पारित, युद्धविराम बारे मौन

एजेन्सी : संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा थप सहायता पुर्यााउन अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ।

तर, इजरायल र हमासबीच तत्काल युद्धविरामको अपिल गर्ने प्रस्तावमा भने छलफल हुन सकेन।

सुरक्षा परिषद्को स्थायी सदस्य एवं इजरायलको प्रमुख सहयोगी अमेरिकालाई भिटो लगाउनबाट रोक्नको लागि भएको धेरै दिनको वार्तापछि यो मतदान भएको हो।

शुक्रबार पारित भएको यो प्रस्ताव संयुक्त अरब इमिरेट्स(युएई)ले पेश गरेको हो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको आक्रामक अडानका कारण गाजालाई सहायता उपलब्ध गराउन ‘वास्तविक समस्या’ भएको बताए।

गुटरेसले युद्ध अझै जारी रहे गाजामा भोकमरीको खतरा रहेको चेतावनी समेत दिएका छन्।

अक्टोबर ७ को आक्रमणपछि इजरायलले हमासलाई सखाप पार्ने उद्देश्यले गाजामा ठूलो सैन्य कारबाही सुरू गरेको थियो।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीमा भएको यस आक्रमणमा कम्तीमा २० हजार मानिस मारिएका छन्।

पुष ७, २०८० शनिबार १३:३२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।