समानुपातिक समावेशी व्यवस्था नेपालको महत्त्वपूर्ण उपलब्धि हो : देउवा

समानुपातिक समावेशी व्यवस्था नेपालको महत्त्वपूर्ण उपलब्धि हो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले अंगीकार गरेको समानुपातिक समावेशी प्रणाली महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

आज काठमाडौंमा भएको कांग्रेस बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘समानुपातिक समावेशी व्यवस्थाको कारणले आदिवासी-जनजाति, दलित अपांग सबैको प्रतिनिधित्व हुने व्यवस्था हामीले स्थापित गरेका छौं। यो चाहिँ वास्तवमा सबैको समावेशीतामा आधारित व्यवस्था हो।’

उनले देश संकटमा उभिएको भन्दै कांग्रेसले नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुपर्ने बताए।

पुष ७, २०८० शनिबार १३:२५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।