पुलको पिल्लरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

पुलको पिल्लरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बारा : जिल्लामा मोटरसाइबल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-१३ बलिरामपुरका २२ वर्षीय कुन्दन मेहता खत्री  र वडा नम्बर १२ सितलपुर बस्ने २२ वर्षीय अभिमन कुशवाह रहेका छन्।

मध्यराति १२ बजेर १० मिनेटमा कलैयाबट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल प्रसौनी गाउँपालिका-२ दुधौरा खोलाको पुलमा आफैँ अनियन्त्रित भएर बाँया साइडको पिलरमा ठोकिएको थियो।

खत्रीको एलएस न्यूरो अस्पतालमा राति १२ बजेर ४० मिनेटमा र कुशवाहको एनएमसी अस्पतालमा राति १ बजेर ५० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पुष ७, २०८० शनिबार १२:४५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।