आयल निगमको कार्यकारी निर्देशकमा दर्खास्त आह्वान

आयल निगमको कार्यकारी निर्देशकमा दर्खास्त आह्वान

काठमाडौं : नेपाल आयल निगमले कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

शनिबार निगमले दरखास्त आव्हानको सार्वजनिक सूचना प्रकाशित गर्दै सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त दिन भनिएको छ।

‘नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिन सम्बन्धित यो सूचना प्रकाशन गरिएको छ, सूचनामा भनिएको छ।

पुष ७, २०८० शनिबार ११:१०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।