मध्यरातमा आफैँमाथि चक्कु प्रहार, डेढ घण्टापछि मृत्यु

मध्यरातमा आफैँमाथि चक्कु प्रहार, डेढ घण्टापछि मृत्यु

काठमाडौं : चितवनमा एक जनाले मध्यरातमा आफैँमाथि चक्कु प्रहार गरेका छन्।

रत्ननगर नगरपालिका-१४ गैरीगाउँका ४५ वर्षीय साधुराम विकले शुक्रबार राति पौने २ बजे आफैँमाथि चक्कु प्रहार गरेको प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।

प्रहरी कार्यालय अनुसार उनले चक्कुले आफ्नै कोखामा प्रहार गरेका थिए।

चक्कु प्रहारबाट घाइते भएका विकको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा बिहान ३ बजेर ११ मिनेटमा डाक्टरले मृत घोषणा गरेका हुन्।

विकले पहिले पनि अत्यधिक मादक पदार्थ सेवन गरेर आत्महत्याको प्रयास गर्ने गरेको निजकी श्रीमतीले खुलाएको प्रहरीले जनाएको छ।

७ पुस, २०८०, १०:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।