चितवनमा कारको टायर पड्किँदा एक जनाको मृत्यु

चितवनमा कारको टायर पड्किँदा एक जनाको मृत्यु

चितवन : जिल्लामा कारको अगाडिको टायर पड्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका–५ बस्ने २७ वर्षीय विष्णु क्षेत्री रहेका छन्।

नगरपालिकाको वडा नम्बर १ स्थित लङ्कालाइनमा भरतपुरबाट खालेसिमल जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको अगाडिको बायाँ साइडको टायर पड्किएको हो।

टायर पड्किँदा कार अनियन्त्रित भई पल्टिँदा घाइते भएका क्षेत्रीको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

पुष ७, २०८० शनिबार ०९:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।