एनआईसी एसिया बैंक ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

एनआईसी एसिया बैंक ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं : एनआईसी एसिया बैंक ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ।

मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा बैंकले ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’ प्राप्त गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए।

अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत बैंक ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’बाट पनि सम्मानित भएको छ।

बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरूबाट आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

पाण्डेका अनुसार ई–कमर्श कम्पनीहरू, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यावसायिक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई साइबारसोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य सेवाहरू उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरू प्रदान गरिएको हो।

पुष ७, २०८० शनिबार ०९:२९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।