५० औं वार्षिकोत्सवको अवसरमा लक्ष्मी ग्रुपका कम्पनीद्वारा सहयोग

५० औं वार्षिकोत्सवको अवसरमा लक्ष्मी ग्रुपका कम्पनीद्वारा सहयोग

काठमाडौं : प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरका बालबालिकालाई सहयोग गरेको छ।

हुन्डाइ कम्पनीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सेन्टरमा रहेका मस्तिक घात भएका ५० जना बालबालिकालाई मागअनुसार स्टेनशनरी र अन्य सामग्रीहरू उपलब्ध गराएको हो।

यसै अवसरमा ग्रुपले गरेको रक्तदान कार्यक्रममा १ सय भन्दा बढीले रक्तदान गरेका थिए।

ग्रुप अन्तर्गतकै कम्पनी सुजल डेरीले काठमाडौंको गैरीधारामा रहेको होप हेरिटेज एल्डर केयरमा दिवा खाजा उपलब्ध गराएको थियो।

चाइल्ड प्रोटेक्सन होम र डिसेबल सर्भिस एशोसियशनका व्यक्तिहरूलाई पनि स्टेशनरी तथा खेलकुदका सामान वितरण गरेको कम्पनीले जनाएको छ।

यस्तै ग्रुप र त्यस अन्तर्गतका विभिन्न संस्थाले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरिएको ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पुष ७, २०८० शनिबार ०९:१३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।