विराटनगर जाँदै राष्ट्रपति पौडेल

विराटनगर जाँदै राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल शनिबार विराटनगर जाने भएका छन्।

राष्ट्रपति पौडेलले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसका लागि पौडेल बिहान ११ बजे विराटनगर पुग्नेछन्।

उनले विराटनगरस्थित  होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्नेछन्।

राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

पुष ७, २०८० शनिबार ०८:३९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।