गोलकिपर विशालले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए
काठमाडौँ : राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्। नेपाल सुपर लिगमा चितवनबाट खेलिरहेका उनले शुक्रवार झापासँगको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै संन्यासको घोषणा गरे।
भारतको बैंगलोरमा भएको साफ च्याम्पियनसिपपछि नै संन्यासको बारेमा सोचे पनि घोषणा नगरेको तर अहिले सही समय भएकाले संन्यासको घोषणा गरेको उनले बताएका थिए।
उनले २०७८ को भदौमा दशरथ रंगशालमा भारतसँगको खेलमा राष्ट्रिय फुटबल टिमबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए।
उनी २०५९ मा एन्फा एकेडेमीमा आबद्ध भएका थिए। उनी मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबमा आबद्ध भएर खेलेका थिए। नेपाल सुपर लिगको पहिलो शृङ्खलामा बुटवल–लुम्बिनी एफसीमा रहेका उनी दोस्रो शृङ्खलामा चितवन एफसीमा मार्की खेलाडीका रूपमा आबद्ध भएर कप्तान पनि भए।
पुष ६, २०८० शुक्रबार २१:०१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।