ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमा  घर कर्जा दिने

ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमा  घर कर्जा दिने

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।

सरल किस्ताबन्दीमा घर निर्माण र खरिदलाई लक्षित गरेर बैंकले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने सुविधा ल्याएको हो।

ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले आवश्यक कागजातहरू पेस गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह हुने बैंकले जानकारी दिएको छ।

देशैभर रहेका बैंकको ७७ वटै जिल्लाका ३ सय ५५ वटा शाखाहरूबाट यो सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ।

पुष ६, २०८० शुक्रबार २०:२३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।