फागुनमा औषधि उत्पादक संघको एक्सपो हुने

फागुनमा औषधि उत्पादक संघको एक्सपो हुने

काठमाडौं : चितवनमा ९ औं नेपाल फर्मा एक्सपो–२०२४ हुने भएको छ।

नेपाल औषधि उत्पादक संघ (एप्पोन) को आयोजनामा चितवनको भरतपुरमा फागुन २५ देखि २७ गतेसम्म तीन दिन सो एक्सपो हुन लागको हो।

यो एक्सपोमा एक सय ५० भन्दा बढी स्टल रहने छन्। यसमा नेपाल, भारत, सिंगापुर र बंगलादेशका प्रदर्शनको बाहुल्य रहने आयोजक एप्पोनले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने यो एक्सपो नेपाल औषधि उत्पादक संघको महत्वपूर्ण इभेन्टको रूपमा लिइन्छ। यो वर्षको एक्सपोको नारा ‘नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका अगुवाई’ राखिएको छ।

पुष ६, २०८० शुक्रबार १८:४५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।